FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सलह नियन्त्रण गर्न सरकारी संयन्त्र उदासीन

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा काठमाडौंसहित देशका विभिन्न जिल्लामा पुगेका छन । कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, काठमाडौंसहित ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पा लगायतका देशका विभिन्न जिल्लामा सलह देखिएको जनाएको छ । तर सलह भित्रिनासाथ विषादी छर्केर नष्ट गर्नु पर्नेमा एक हप्ता बितिसक्दा पनि संघीय मन्त्रालय, प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहले सलह भित्रिएको स्थान र विस्तार हुँदै गएको क्षेत्रफलबारे तथ्यांक मात्र अपडेट गरिहेका छन ।

    यता बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले भने किरा नियन्त्रण गर्न सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो । प्रदेशका अधिकांश जिल्लामा सलह देखिएपछि नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गरेको पनि उहाँले बताउनुभयो । यता प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.विमल निर्मलका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीमा सलह भेटिएको थियो । शनिबार दिउँसो देखिएको सलह अहिले मुलुभर फैलिएको छ । त्यस्तै प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजप्रसाद सुवेदीका अनुसार शनिबार बुटवल र भैरहवामा देखिएको किरा पछिल्लो समय पश्चिमतिर सर्दै गएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित