- Loading...
मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा मानिने पहिलो टिपाई बेच्ने समयमा कोरोनाका कारण लकडाउन भएपछि किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेका छैनन । अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको हो ।


विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुने गर्दछ । अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले पहिलो टिपाइ’ महँगोमा बिक्री हुदै आएको छ । तर यसवर्ष सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया बगानमै रोकिएको छ । गुणस्तरीय चिया नै प्रशोधन गर्न नपाएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बाले बताउनुभयो । मुख्य सिजनमै उद्योग बन्द भएपछि तेस्रो मुलुकबाट चियाको माग आएपनि पठाउन नसकिएको सञ्चालक सुब्बाको गुनासो छ । यसअघि त्यहाँ उत्पादित तयारी चिया चीनलगायत तेस्रो मुलुकमा पठाउने गरिएको थियो । तर यसवर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि निर्यात गर्न नसकेको उद्योगले बताएको छ । उद्योगीहरुका अनुसार चिया किनेर प्रशोधन गरिए पनि बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकम समेत अभाव भएको छ । समयमा चियाको भुक्तानी दिन नसक्दा चिया किसान र श्रमिकलाई दैनिकी चलाउन समस्या भएको भएको छ ।

