FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ७० लाख बढी सलह नेपाल भित्रियो

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    गत बुधबारसम्ममा ७० लाख बढी सलह किरा नेपाल भित्रिएका छन । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार ५ पटक गरेर उक्त संख्यामा सलह नेपाल भित्रिएका हुन । गएको शनिबार पहिलो पटक नेपालको तराई क्षेत्रबाट भित्रिएको थियो । तर अहिलेसम्म भारतबाट ७० देखि ८० लाखको सङ्ख्यामा सलह भित्रिएको केन्द्रको दावी छ । सूचना अधिकारी सुवेदीका अनुसार अहिले सलहका झुण्ड टुक्रिएर विभिन्न जिल्लामा पुगेका हुन् ।

    हालसम्म २४ वटा जिल्लामा धेरैको संख्यामा सलह पुगेको केन्द्रको तथ्याङ्कले देखाएको छ । छिटफुट रूपमा भने ५० भन्दा बढी जिल्लामा पुगेको बताइएको छ । त्यसले केही जिल्लाका मकै तथा धान बालीमा समेत क्षति पु¥याएको छ । केही दिनयता सलहको यात्रा हेर्दा आत्तिन नपर्ने नेपाल कृषि अनुसन्धान परिषद्का किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा.सुनिल अर्यालले बताउनुभयो । सलहको एउटा सानो झुण्डमै करिव ४ देखि ८ करोडसम्मको संख्या हुन्छ । सोही आधारमा नेपालमा आएको किराको प्रकोप धेरै सानो संख्या रहेको जानकारहरुले बताएका छन । सानो समुहमा रहेकाले त्यसले बालीमा ठुलो क्षति नगर्ने भन्दै किसानलाई नआतिन विज्ञहरुले सुझाएका छन । केन्द्रका अनुसार अहिले मध्य नेपालबाट पश्चिम तथा पूर्वमा हावाको बहाव रहेको छ । तर दक्षिणबाट उत्तर हावा चलेमा भारतको विहारमा फैलिएको अर्को झुण्ड नेपाल आउन सक्ने अनुमान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित