FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मौरी घार बिक्रीबाटै लाखौ आम्दानी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    सल्यानको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका स्थानीयले मौरी घार बेचेरै लाखौ आम्दानी गरेका छन । स्थानीय बाल कुँवरका अनुसार अघिल्लो वर्ष ४९० घार बिक्री गरी १७ लाख १५ हजार रुपैयाँको कारोबार गर्नुभएको थियो । यसवर्ष ६ सय घारको माग आएको उहाँले जानकारी दिनुभएको छ ।

    कोरोना भाइरसका कारण बन्दाबन्दी भएपनि घार निर्माणमा भने कुनै समस्या नपरेको बताइएको छ । कुवँरले घार बनाउने उद्योग सञ्चालन गरी ६ जनालाई रोजगारीसमेत दिएको छ । उद्योगीका अनुसार मजदुरको पारिश्रमिकसहित सबै खर्चबाहेक वार्षिक ६ लाख रुपैयाँसम्म बचत हुने गरेको छ । त्यहास्थित निर्माण भएको घारको माग जाजरकोट, सुर्खेत र रुकुमबाट हुने गरेको छ । पछिल्लो समय किसानहरु पनि मौरीपालनमा आकर्षित हुन थालेका छन् । सल्यानमा झन्डै तीन सयको हाराहारीमा किसानले व्यावसायिक रुपमै मौरीपालन गर्दै आएको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय, सल्यानका प्रमुख महेश आचार्यले कालीमाटी गाउँपालिकाको वडा न १ देखि ४ सम्मका वडालाई समेटेर मौरी ब्लक र कुमाख गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालन भइरहेको छ । सल्यानमा मात्रै वार्षिक १९ मेट्रिक्टनसम्म मह उत्पादन गरी वार्षिक १५ देखि २० लाख आम्दानी हुने गरेको छ । प्रतिघार ३ हजार ५ सयका दरले बिक्री हुने गरेको बताईको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित