- Loading...
डेरी क्षेत्रको कारोबार ६० प्रतिशतले बृद्धि
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

लकडाउनका कारण समस्यामा परेका डेरी क्षेत्र पुनः तंग्रिन थालेको छ । चैत ११ देखि लकडाउन सुरु भएपछि डेरी उत्पादनको बिक्री ८० प्रतिशतसम्म गिरावट आएको थियो । तर करिब तीन महिनापछि व्यवसाय विस्तारै लयमा आउन थालेको उद्योगीहरू बताएका छन् । आपूर्ति र दुग्धपदार्थ संकलनका क्रममा भएको रोकावटले व्यवसाय चौपट भएको उनीहरुको भनाई छ । नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालका अनुसार अहिले बिक्री क्रमशः बढेर ६० प्रतिशत पुगेको छ ।


दुग्ध विकास संस्थानले पनि दुग्ध पदार्थको बिक्रीमा क्रमशः सुधार भएको जनाएको छ । डेरी क्षेत्रका लागि वैशाखदेखि भदौसम्म बिक्रीको मुख्य सिजन मानिएको छ । तर त्यही समयमा लकडाउनले कारोबार ठप्प हुँदा मुलुकभरका किसान संकटमा पर्दै गएको थियो । यता डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाका अनुसार पछिल्लो समय बिक्रीमा धेरै केही सुधार आएको छ । लकडाउनकै बीच असार १५ अर्थात् धान रोपाइँ दिवसमा मात्रै डीडीसी र निजी क्षेत्रको गरी ७ करोड ४१ लाख रुपैयाँको दही खपत भएको बताइउको छ । अहिले दही प्रतिलिटर १ सय २० देखि १ सय ४५ रुपैयाँसम्ममा बिक्री भैरहेको छ । प्रतिलिटर १ सय ३० रुपैयाँका दरमा निजी क्षेत्रले मात्रै उक्त दिन ६ करोड ५० लाख रुपैयाँको बिक्री गरेको बताइएको छ ।

