FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सलहको झुन्ड मकैबालीमा केन्द्रित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १० पटक पढिएको
    Post Thumbnail

    भारतबाट नेपाल भित्रिएको सलहको झुन्ड मकैबालीमा केन्द्रित देखिएको छ । अर्घाखाँची, दाङ, मकवानपुरलगायत क्षेत्रको मकैमा सलहले बढी क्षति पु¥याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । यता पाल्पाको तिनाउ गाउँपालिका, दोभान झ्याङलामा पनि मकैबालीमा सलहको झुन्ड देखिएको छ ।

    अर्घाखाँची र दाङमा धानको ब्याडमा बसेपनि त्यति धेरै क्षति नगरेको स्थानीयले बताएका छन । तर सलह पुगेका प्राय सबैजसो ठाउँका मकैमा क्षति पु¥याएको केन्द्र प्रमुख सहदेव हुमागाईंले बताउनुभयो । यस्तै मकवानपुर, नुवाकोट र रोल्पामा पनि सलहले सामान्य क्षति पु¥याएको छ । त्यस क्षेत्रमा कृषि ज्ञान केन्द्रका कर्मचारीले विवरण संकलन गरिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बिहीबार सलह प्यूठान र दाङमा केन्द्रित देखिएको थियो । केही केही झुण्ड भने बागलुङ र रोल्पा हुँदै पश्चिमतर्फ लागेको बताइएको छ । वायुको प्रभावसँगै भारतबाट सलहका थप झुन्ड आउने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहका झुन्ड रहेको र एउटा झुन्ड कुशीनगरबाट चम्पारण जिल्लातर्फ उडेको केन्द्रको भनाइ छ । उक्त समुह दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने भारतीय अधिकारीहरूले अनुमान गरेको सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित