FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतको हिमान्चल प्रदेशमा कामदारको अभाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    नेपाली कामदारको अभावमा भारतको हिमान्चल प्रदेशस्थित स्याउको अर्थव्यवस्थामा चुनौती थपिदै गएको छ । नेपाली कामदारलाई त्यहाँस्थित स्याउको अर्थव्यवस्था, मेरुदण्डका रुपमा मानिएको छ । तर जनशक्तिको अभावमा अहिले हिमान्चलका स्याउ खेती गर्ने किसानहरुले समस्या भोगिरहेका छन् ।

    विश्वभर फैलिएको कोरोना संक्रमणका कारण नेपाली कामदार हिमान्चल क्षेत्र जान सकेका छैनन् । भारतमा तिब्र रुपले बढीरहेको कोरोना संक्रमण र सिमा विवादले नेपाली, भारत जान नसकेको हो । हिमान्चलका पूर्व हार्टिकल्चर मन्त्री नरेन्द्र ब्राग्टाका अनुसार थुप्रै प्रयास गरिए पनि नेपाली मजदुरलाई काममा फर्काउन सकेको छैन । उहाँका अनुसार मुख्यमन्त्री जयरामले पनि त्यस विषयमा बिदेश मन्त्रालयमा पहल गरिरहेको बताइएको छ । यता गृहमन्त्री अमित शाहसँग सोही विषयमा छलफल गर्न प्रस्ताव राखिएको छ । तर हालसम्म पनि समस्या समाधान हुन नसक्दा हिमाञ्चलमा कामदारको संकट निम्तिएको छ । हिमान्चलमा मात्रै ५ लाख नेपाली कामदार कार्यरत छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित