FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खोकनाको धान रोपाईमा किसान र प्रहरीबीच झडप

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गा जमिन र पुख्र्यौली थलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका छन ।

    पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका थिए । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि शनिबार विहानैबाट तनाव भएको थियो ।

    स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्न अगाडि नै रोकेका थिए भने अन्य किसानले ट्याक्टर लगाएर खनजोत गरेका थिए । तर प्रहरीले थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास समेत हानेको छ । सरकारले काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ भक्तपुर १३२ केभी विद्युत प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी छ ।

    तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएको छ् । सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठले खोकनाजस्तो ऐतिहासिक, सांस्कृतिक र पुरतात्विक महत्व बोकेको नगरलाई ध्वस्त गरेर त्यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित