- Loading...
जलवायु परिवर्तनमा सहकारीले मुख्य भुमिका खेल्नुपर्ने मन्त्रीको दावी
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

हरेक वर्ष जुलाईको पहिलो शनिबार विश्वभर सहकारी दिवस मनाउने प्रचलन छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत दिवश मनाउन शुरु गरिए पनि १९९५ बाट भने संयूक्त राष्ट्रसंघले पनि दिवसलाई मान्यता दिएको हो । यसवर्ष ‘जलवायु परिवर्तनमा सहकारीको पहल’ भन्ने मुल थिम लिएर ९८ औ अन्तर्राष्ट्रिय सहकारी दिवश, २६ औ संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवश र २७ औ राष्ट्रिय सहकारी महासंघ दिवश मनाएको हो ।


सहकारीले बहुक्षेत्रमा योगदान दिने उद्देश्यसहीत जलवायु परिवर्तनमा मुख्य भुमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको छ । कोभिड–१९ ले अर्थतन्त्र नै धारासायी बनिरहेको बेला सहकारीजस्ता वित्त क्षेत्रले मुख्य भुमिका खेल्नुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताइन । सहकारीको सिद्धान्तअनुसार विचलित नभइ काम गर्नुपर्नेमा जोड दिइन । कोभिड–१९ को जोखिममा पनि सहकारी संस्थाहरु किसान घरदैलोमा पुगेर किसानका उत्पानलाई बजारीकरण गर्न सहयोग पु¥याउने कार्य गर्नु सकारात्मक रहेको उनले बताइन । साथै उनले सहकारी क्षेत्रले रोजगारीको सिर्जना गर्नुपर्ने बताइन । युवापुस्तालाई उद्यमशिलतामा परिचालन गर्न सहकारीले जोड दिनुपर्ने उनको भनाई थियो । सरकारले सहकारीलाई बहु क्षेत्रमा परिचालन हुन पाउने गरी नीति तथा कानून संशोधन गरिरहेको उनले बताइन । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारीकर्मीहरुले जलवायू परिवर्तनलाई पनि ध्यान दिएर काम गर्नु पर्ने बताएका छन् । उनले भुकम्प, आगलागि, भु–क्षय, बाढी पहिरो जस्ता प्राकृतिक विपतमा पनि सहकारीले समेट्नुपर्ने उनले बताए । अन्य देशको तुलनामा नेपाल विपतको उच्च जोखिममा रहेको भन्दै यसको व्यवस्थापनमा सहकारीले सहकार्य गर्नुपर्ने बताए । नेपालमा पनि करिव तीन दशकहरुमा सहकारी या लघुवित्त अनि बिनाधितो कर्जा प्रवाह लगायत किस्तामा ऋण लिने, समुदायस्तरमा समुह गठन गर्ने अनि व्यवसाय गर्ने गर्दै आएका छन् । तर सरकारले सहकारी ऐन र संविधानमा बाझिएका ऐनलाई संशोधन गर्न नसक्दा सहकारीले सोचेअनुरुप काम गर्न सकेको छैन् । बहुक्षेत्र तथा उत्पादन र व्यवसायमुलका संस्थामा लगानी विस्तार गर्न तत्काल ऐन संशोधन गर्नु पर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बताएका छन् । साथै उनले सहकारीलाई डिजिटलाइजेशन लैजान आवश्यक रहेको बताए । दिगो विकासका लक्ष्यलाई इन्गित गर्दै जलवायू परिवर्तनलाई न्यूनिकरण गर्न सहकारीले पनि काम गर्नुपर्ने देखिएको छ ।

