- Loading...
दुधमा आधारित कार्यक्रमलाई निरन्तरता दिने मुसीकोटको निर्याण
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आगामी वर्ष पनि दुधमा आधारित कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिन शुरु गरेको हो । यसवर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी वर्ष पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।


दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरी ल्याइएको कार्यक्रम चालु वर्षमा राम्रो भएकाले आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । नगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ । नगरपालिकाले यसवर्ष दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिएको थियो । दूध उत्पादन बढाउन प्रोत्साहन स्वरुप किसानलाई अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको हो । एक लाख ६० हजार रुपैयाँ बजेटको व्यवस्थासहित बनाइएको उक्त कार्यक्रममा चालु आर्थिक वर्ष एक लाख १५ हजार खर्च भएको नगर पुश सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो । उहाका अनुसार यसैवर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन । अनुदान पाउन कम्तीमा ५सय लिटर दूध उत्पादन गरेको हुनुपर्ने प्रावधान छ । सोही अनुसार नगरका दूध उत्पादन किसानले कम्तीमा एक हजार ५सय रुपैयाँदेखि बढीमा २४ हजार ६ सय रुपैयाँसम्म अनुदान पाएको नगरपालिकाले बताएको छ ।

