- Loading...
जुम्लाका ४० जना किसानलाई हाते ट्याक्टर प्रदान
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

जुम्लाका ४० जना किसानलाई हाते ट्याक्टर प्रदान गरिएको छ । परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न कृषि विकास कार्यालय जुम्लाले हाते ट्याक्टर अनुदानमा प्रदान गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम अन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समुह तथा फर्म र सहकारीलाई अनुदानमा ट्याक्टर वितरण गरिएको स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।


चालु आर्थिक वर्षको यान्त्रिकरण वितरण कार्यविधि अनुसार पकेट तथा व्लक कार्यक्रममा आएको बजेटले ट्याक्टर वितरण गरिएको हो । हाते ट्याक्टरमार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्न सहज हुने र खेत तथा पाखाबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले ट्याक्टर दिइएको छ । पछिल्लो समय गाउँघरमा भएका युवा विदेश पलायन हुने समस्याले किसानका लागि कृषि औजार उपयुक्त हुने कृषिविज्ञहरुले बताएका छन । जुम्लाको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन । थप सहुलियत अनुदानमा गरिएको वितरणले त्यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजार पाउने बताइएको छ ।

