FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ५ लाख बढी बिरुवा नष्ट हुँदा कफी खेती विस्तारमा असर

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    गएको पुस र माघमा कफीमा देखिएको तुसारो रोगका कारण मारमा परेका कफी व्यवसायी कोरोनाको कारण थप प्रभावित भएका छन् । रोगका कारण ४० प्रतिशतले उत्पादनमा कमी आएको कफी प्रशोधन पश्चात त्यसले बजार नपाउँदा व्यवसायी समस्यामा परेका हुन । कफीमा देखिएको रोगकै कारण करिब १ हजार ४ सय हेक्टरभन्दा बढी क्षेत्रका किसान प्रभावित भएको हो ।

    नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोख्रेलका अनुसार अहिले उत्पादनपछि प्रशोधन सकिए पनि बजार पठाउन नसकेको हो । मुलुकभर २ हजार ७ सय हेक्टरमा कफी खेती गरिँदै आएको छ । महासचिव पोख्रेलले गतवर्ष पाँच सय ३० मेट्रिकटन कफी उत्पादन भएको जानकारी दिनुभएको छ । तर लकडाउनकै कारण तेस्रो मुलुकबाट माग कफी उत्पादक किसान मारमा परेका हुन । यस्तै लकडाउनले आवश्यक प्राविधिक सहयोग उपलब्ध हुन नसक्ने, प्याकेजिङ समस्या र प्रशोधनकर्ता किसानसम्म समयमा पुग्न नसक्दा कफीको गुणस्तरमा समेत कमी आएको बताइएको छ । महासंघका अनुसार यसवर्ष कफीमा देखिएको समस्याले किसानले २२ करोडसम्म क्षति बेहोर्नु परेको छ । उत्पादन भएको पनि बिक्री नहुँदा गएका वर्षको तुलनामा ३० प्रतिशत कम मूल्यमा कफी प्रशोधनकर्तालाई दिन किसान बाध्य भएका छन । कफीमा देखिएको समस्याले उत्पादन हुने मुख्य १२ वटा जिल्लामा गरी नर्सरीमा रहेका ५ लाखभन्दा बढी बिरुवा नष्ट हुँदा त्यसको विस्तारमा समेत असर पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित