FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेमा २४ वटा अवैध रुपमा सञ्चालन

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    बाँकेमा सञ्चालन भएका २७ क्रसर उद्योगमध्ये २४ वटा अवैध रुपमा सञ्चालन भएको पाइएको छ । त्यस्ता उद्योगलाई आवश्यक कार्वाही गर्न भन्दै बन्द गरिएको छ । त्यसमध्ये केही उद्योग निकुञ्ज क्षेत्र तथा बस्तीको बिचमा र सरकारको मापदण्ड विपरित कर छलि गर्दै सञ्चालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले ३ ओटा क्रसर उद्योगले मात्र मापदण्ड पुरा गरेको भन्दै सञ्चालन गर्न दिएको छ । उक्त उद्योगले पनि केही मापदण्ड पुरा नगरेको बताइएको छ ।

    उद्योग सञ्चालन गर्न १३ वटा सर्तमध्ये बस्तीदेखि १ किलोमिटर, बाटो तथा मन्दिर र नदि तथा खोलादेखि ५ सय मिटर टाढा हुनुपर्ने व्यवस्था छ । तर त्यसमध्ये २ ओटा क्रसरले उक्त सर्त पुरा नगरे पनि उद्योग सञ्चालन भईरहेका छन् । डुडुवा गाँउपालिका वडा नं. ४ स्थित जय नेपाल क्रसर उद्योग बस्तीदेखि ७ मिटरमा र कोहलपुर नगरपालिका वडा नं. १५स्थित शिवसंकर बालुवा तथा क्रसिङग उद्योग पुर्वपश्चिम राजमार्गकोे २ सय मिटरको दुरीमा सञ्चालन भएका छन । यस्तै राप्ती सोनारी गाँउपालिका वडा नं. ७ स्थित बाबा इस्टोन इन्डष्ट्रिज भने दन्द भएको छ । उद्योगको समान समेत त्यहाँबाट उठाई सकेको बताइएको छ । तर २४ वटा उद्योगलाई भने पहिलो चरणको कारवाही भएको र ३ उद्योगले मापदण्ड पुरा गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनु भयो । २७ उद्योगमध्ये १७ वटा उद्योग दर्ता भएको तर मापदण्ड पुरा नगरी सञ्चालनमा आएकाले बन्द गरिएको छ । यस्तै ७ वटा उद्योग म्याद सकिए पनि नवीकरण नगरी सञ्चालन गरेकाले कारवाहीमा परेका छन् । नदिजन्य पदार्थ ऐन २०७५ अनुसार २४ क्रसर उद्योग मापदण्ड विपरित रहेकाले बन्द भएको र ३ उद्योग मापदण्ड अनुसार भएपनि अवाश्यक छनबिनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम थारुले बताउनुभयो । यता जय नेपाल क्रसर उद्योग भने सञ्चालनमा आएको केही दिन मात्र भएको छ । उक्त उद्योगले दर्ता प्रक्रिया तथा मापदण्ड पुरा गरेको पाइएको छ । मापदण्ड पुरा गरेसँगै उद्योगले बस्तीदेखि ७ सय मिटर र सडक तथा बिद्यालयदेखि ६ सय मिटर दुरी कायम गरी उद्योग सञ्चालन गरेको जय नेपाल क्रसर उद्योगका सञ्चालक गणेशकुमार यादवको भनाई छ । बर्षौदेखि सञ्चालनमा आएपनि मापदण्ड विपरित रहेका उद्योग पछिल्लो समय कार्वाहीमा परेका छन । तर पाहिलो कार्वाही स्वरुप बन्द गरिएका उद्योगले आवश्यक कानुनी पकृया पुरा नगरे क्षतिपुर्तिसहित थप कार्वाही अगाडी बढ्ने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित