FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सलह किरा नेपालमा फेरी प्रवेश गर्यो !!

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    सलह किरा नेपालमा फेरी प्रवेश गर्यो !!

    फेरि नेपालमा सलह प्रवेश गरेको छ । आज विहान साँढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झूण्ड दाङ्ग जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रले जनाएको छ । दाङमा देखिएका सलह पुनः दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको र उक्त स्थानमा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि उत्तर पूर्व तर्फ लागेको जनाइएको छ ।

    केन्द्रका अनुसार उक्त सलहले प्यूठान अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरि नोक्सान गर्न सक्ने सम्भावना रहेको बताउँदै आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन आग्रह गरेको छ । थप झूण्डहरु समेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नं ५, २ तथा १ का तराइ र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित