FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गाईमा देखिएको नयाँ भाइरस

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    गाईमा देखिएको नयाँ भाइरस

    तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११, फराकचौरका कृष्ण दरैले पालेको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो । नेपालको पूर्वी जिल्लामा व्यापक रूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको छ । जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत आग्रह गरेको छ । पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो ।अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई सयौँ गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको छ । यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने हुन्छ । शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिन्छ । यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित