FLASH NEWS
- Loading...
माछा मार्न अनुमति
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समूदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २ सय ८६ जनालाई माछा मार्न अनुमति पत्र सहित पोशाक वितरण गरेको हो । निकुञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेशमा रोक्क लागाउन निकुञ्जले माछा मार्न पत्र वितरण गरेको जनाएको छ । पोशाक लगाएर माछा मार्दा टाढैबाट पहिचान हुने भएकाले अनुगमन गर्नपनि सहज हुने जनाइएको छ । अनुमति पत्र लिएकाले बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँनेछन् । बैशाखदेखि असारसम्म भने माछाको प्रजनन समय भएकाले माछा मार्न रोक लगाइएको छ । राष्ट्रिय निकुञ्ज नियमावली २०३० को पहिलो संशोधनमा माछा मारी जीविको चलाउने समुदायलाई बार्षिक एक सय शुल्क तिरी माछा मार्न दिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस
