FLASH NEWS
- Loading...
बाढीले धानबाली र अलैंचीमा बगानमा क्षति
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

अधिक बर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलमा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फेमे खोलाको पुल जोखिममा परेको छ । त्यस्तै, बाढीले फिदिम नगरपालिका वडा नं. १,७ र ११ मा पर्ने खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैँची बगानमा क्षति पुगेको छ । २० जनाभन्दा बढी स्थानीयको खेत तथा अलैँची बगानमा क्षति पुगेको छ । बाढीले तटीय क्षेत्र कटान गर्नुका साथै केही खेत तथा अलैंची बगान पुरेको छ ।


प्रतिक्रिया दिनुहोस
