FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • युवाहरु व्यवसायिकरुपमा अस्ट्रिज पालनमा आकर्षित बन्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    युवाहरु व्यवसायिकरुपमा अस्ट्रिज पालनमा आकर्षित बन्दै

    नेपाल अस्ट्रिज प्रालिले नेपालमा पहिलोपटक अस्ट्रिज पालन व्यवसायिक रुपमा सुरु गरेको थियो । त्यसपछि विस्तारै नेपालमा पनि अस्ट्रिजको व्यवसायिक पालन हुँदै आएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि यसको पालन भएको छ । भक्तपरको सुर्यविनायक नगरपालिका ७ गुण्डुमा चार युवाहरुको संयुक्त लगानीमा चुनदेवी एग्रो टेक प्रा लि सञ्चालनमा छ ।

    उक्त प्रालिले अस्ट्रिच, लौकाट र टर्कीसँगै २ सयवटा विभिन्न जातका कुखुरा, बट्टाई र हाँससमेत पालेका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ उनीहरुले सामूहिक लगानीमा अस्ट्रिज पालन गरेका हुन् । सुरुको चरणामा ६ वटा अस्ट्रिज ल्याएका उनीहरुले विस्तारै अरुपनि थप गर्ने योजनामा छन् । स्वदेशमै मिहिनत र परिश्रम गर्न सके विदेशी भूमिमा कामको खोजीमा जानु नपर्ने संचालक रोशन तामाङ बताउछन् । एक किलो लौकाट र टर्कीको मूल्य १००० देखि १५०० रुपैयाँ सम्म पर्छ । दश महिनाको भएपछि मात्र भाले र पोथी छुट्टिने अस्ट्रिज चराले साडे तीनदेखि चार वर्ष बीचको उमेरमा बल्ल अण्डा दिन्छ । करिब दुई किलोग्राम भारको एउटा अण्डा दिने अस्ट्रिजले एक वर्षमा पाँचदेखि आठ वटासम्म अण्डा दिन्छ । बजारमा यस्ता पन्छीको मासुको माग उच्च छ ।


    अस्ट्रिच चरा प्रजातिको सबैभन्दा ठूलो पन्छी हो । अस्ट्रिज अफ्रिकन ओरिजिन जंगली चरा भए पनि यसलाई व्यावसायिक रुपमा पालिदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित