FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रदेश एकमा ९३ प्रतिशत रोपाइँ सम्पन्न

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    प्रदेश एकमा ९३ प्रतिशत रोपाइँ सम्पन्न


    काठमाडौं । प्रदेश १ मा त्रियानब्बे दशमलव नौ ५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गर्तवर्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाका कारणले रोपाइँको क्षेत्र बढेको निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार १ सय १३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९ सय ८३ हेक्टर जग्गामा रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा ९० प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरीमा ९५ प्रतिशत रोपाइँ भएको छ ।

    सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । सबैभन्दा बढी शतप्रतिशत ओखलुढुङ्गामा ४ हजार ४ सय ३ हेक्टर जमिनमा र सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर जमिनमा धान रोपाइँ भएको

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित