FLASH NEWS
- Loading...
हावाहुरीका कारण लाखौँ रुपैँया बराबरको केरामा क्षती
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

नवलपरासी । हावाहुरीको कारण नवलपरासी ९ बर्दघाट–सुस्तापूर्वको कावासोतीमा ७० लाख रुपैयाँ भन्दाबढीको केराखेतीमा क्षति पुगेको छ । मङ्गलबार राति आएको हावाहुरीले ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पु¥याएको कावासोती नगरपालिकाले जनाएको छ ।

कावासोती वडा नम्बर २, ३ र १६ मा गरी ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो । पछिल्लो समय नेपाली केराले बजार नपाउने, उचित मूल्य नपाउने, हावाहुरीलगायतका प्राकृतिक कारणबाट नोक्सानी व्यहोर्न बाध्य हुँदा किसान केराखेतीबाट पलायन हुने क्रम बढेको छ

प्रतिक्रिया दिनुहोस
