FLASH NEWS
- Loading...
किसानलाई मिल वितरण
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

काठमाडौं । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई औजार वितरण गरिएको हो ।

गाउँपालिकाका अनुसार धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान काट्ने मेशिन , स्प्रे मेशिन ५० र धान झार्ने मेशिन एक थान वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नं ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत करिब दुई हजार एक सय किसान परिवार लागि औजार उपलब्ध गराइएको हो । गाउँपालिका र वाग्मती प्रदेशअन्तर्गतको कृषि ज्ञान केन्द्रको अनुदानमार्फत कृषि मेशिन वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
