
- Loading...
घाँस बिक्रि नहुँदा मर्कामा किसान
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको

बन्दाबन्दीका कारणले व्यवासायीक घाँसखेती गर्ने किसानहरुले समयमा घाँस बिक्रि गर्न नसक्दा करोडौँको घाटा व्यहोर्न बाध्य भएका छन् । गाइ भैसी पालन गर्ने कृषकहरुले पनि दाना र घाँस नपाँउदा दैनिक दुध उत्पादनमा समेत कमि आएको छ ।

करिब ४० देखि चार सय २३ विगाहा जमिनमा घाँसखेति गरेका तुलबहादुर कँदेलले बन्दाबन्दीका कारण घाँस बिक्रि नहुँदा २ करोड बराबरको घाटा व्यहोरेका छन् । कँदेलले ३ बर्षदेखि हिलपार्क कृषी तथा पशुपालन फर्ममा बहुवर्षीय घाँसखेति गर्दै आएका थिए । पशुहरुको आहारा पुर्तिगर्ने उद्देश्यका साथ फार्ममा विभिन्न प्रजातिका भूई घाँसहरु पाइन्छ । पालम, मुलासो, कुम्वा, सतेरीया र सुपर–नेपियार जातका घाँसहरु बन्दाबन्दीका कारण बिक्रि नहुँदा फर्ममै कुहिएर जान थालेको छ ।
यता छिमेकी जिल्लामा घाँस कुहिरहेको छ भने, उता बर्दियाका किसानहरु दाना र घाँस गाइ भैँसीलाई विहान बेलुका पुर्याउन नसक्दा समस्यामा परेका छन् । कोरोनाका कारण बन्दाबन्दी भएपछि त्यसको प्रत्यक्ष प्रभाव किसानमा पनि परेको देखिन्छ । गाइभैसीलाई घाँस पुर्याउन नसक्दा दुद उत्पादमा समेत कमी आएको छ भने, मंहगो मुल्य तिरेर दानाको भरमा पशुपालन गर्न किसान बाध्य भएका छन् ।
जिल्लामा तिव्र रुपमा कोरोना संक्रमित भेटिएपछि महामारी फैलिनबाट जोगाउन बाके र वर्दिया जिल्ला आवतजावतमा रोक लगाएको छ । जसका कारण किसानले उत्पादन गरेका कृषि उपजहरु एक जिल्लाबाट अर्को जिल्लामा बजारका लागि लान समेत समस्या भएको छ ।

