- Loading...
नयाँ तीन जातको गहुँ अनुसन्धान
- कृषि टि.भी.
- ३ साल अघि
- ३४ पटक पढिएको

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यालय भैरहवाले नयां तीन वटा जातको गहुँ अनुसन्धान गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरेको कार्यालयले जनाएको छ ।

अनुसन्धान गरिएका गहुँको कृषि मन्त्रालयमा रहेको राष्ट्रिय बीउबिजन समितिमा सिफारिसको तयारी भइरहेको छ भने राजपत्रमा सूचना प्रकाशन गरेपछि कार्यान्वयनमा आउने छ । यो नयाँ जातमा अन्य गहुँमाभन्दा जिंक र आइरनको मात्रा २५ प्रतिशतले बढी हुन्छ । जसले गर्दा यसको स्वाद मिठो हुनुका साथै मानव स्वास्थ्यका लागि पनि लाभदायक हुने कार्यालयले दाबी गरेको छ । अनुसन्धान गरिएको नयाँ जात तराई क्षेत्रमा चालू आर्थिकवर्षको सिजनबाट प्रयोगमा आउने छ । तराईमा राम्रो उत्पादन हुँदै आएका भृकुटी, गौतम जातको गहुँमा पछिल्लो समय खैरो सिन्दुरे, डढुवा जस्ता रोगको प्रकोप बढ्दै गएको छ । यसको विकल्पमा जिंक र आइरनको मात्रा बढी भएको र रोग लाग्ने सम्भावनासमेत न्यून भएका नयाँ जातको गहुँ अनुसन्धान गरिएको हो । नेपालमा सन् १९६० देखि गहुँ अनुसन्धान सुरु गरिएको हो ।

