FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कौसी खेतीमा अनुदान

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    कौसी खेतीमा अनुदान

    वाग्मती प्रदेश सरकारले कौसी खेती गर्ने ५ सय घरधुरीलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटले एक वर्षभरिमा ५ सय घरधुरीलाई अनुदान दिएर कौसी खेतीमा आकर्षित गर्न लागिएको कृषि ज्ञान केन्द्र,ललितपुरले जनाएको छ । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा कौसी खेती गर्न सकिने करिब एक लाख रोपनी क्षेत्रफल खाली छ । यही खाली कौसीको उपयोग गर्नका लागि वाग्मती प्रदेश सरकारले गत वर्षदेखि अनुदानको व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा चार करोड २ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा यस वर्ष १२ लाख रुपैयाँ विनियोजन भएको हो । यो योजना भाडामा बस्ने र घरबेटी दुवैका लागि लागू हुने भए पनि विशेषगरी पहिलो चरणमा घरबेटीसँग समन्वय गरेर मात्र डेरावालहरूले यस योजनामा सहभागी हुन पाउने केन्द्रले जनाएको छ । यस कार्यक्रम अनुसार आवश्यक सामग्री तथा प्रविधि एवं बिउ तथा बिरुवा, बालीको लागि आवश्यक पर्ने प्राङ्गारिक मलहरू तथा आवश्यक थप संरचना निर्माणका लागि केन्द्रले सहजीकरण गर्ने बताइएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित