FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेमा सञ्चालनमा रहेको सन्दिप एग्रोभेन्टले किसान ठग्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३३ पटक पढिएको
    बाँकेमा सञ्चालनमा रहेको सन्दिप एग्रोभेन्टले किसान ठग्दै

    बाँकेको बैजनाथ गाउँपालिका ६ सम्झाना चोकमा रहेको एग्रोभेटले किसानहरुलाई ठगेको पाइएको छ । एग्रोभेटले गुणस्तरहीन धानको बिउ किसानहरुलाई त्यहीपनि महँगो मूल्यमा बेचेको पाइएको हो । सो धानको बिउ ४५ दिन नहुँदै फुट्न थालेको छ ।

    किसानहरु बन्दा बन्दीका फाइदा उठाउदै एग्रोभेटका सञ्चालकहरुले धानको बिउ चर्को मुल्यमा बिक्रि गरेर पैसा कमाएका थिए । तर धान रोपाई पछि हुन्छ कि भनेर किसानहरुले चर्को मुल्य तिरेर पनि धानको बिउ किनेर धान लगाए तर त्यही धानको बिउ अहिले गुणस्तरहिन भएपछि किसानहरु चिन्तित बनेका छन् । १ सय २५ दिनमा तयार हुने धान ४५ दिनमै फुट्न थालेपछि किसानहरुमा चिन्ता बढेको छ । बैजानाथ गाँउपालिका ८ टिटिहिरियाका किसान चन्द्र चौधरीले १८ कट्ठा जमिनमा ग्रिनपलान्त जातको धान संदिप एग्रोभेट सेन्टर बैजानाथ ६ बाट १० केजि धानको बिउ किनेर लगाएका थिए तर बिना समय धान फुट्ना थालेपछि यो धान उत्पादन नहुने किसान चौधरीको भनाई छ ।

    सोही एग्रोभेन्टबाट ल्याएको बिउ रोपेका अर्का किसानको गुनासो पनि उस्तै छ । विगतका बर्षमा १२ कट्ठा खेतमा २४ क्वाइन्टल धान उत्पादन गरेका येदुनन्दन थारु यसबर्ष आधा पनि उत्पादन नहुने होकि भन्ने चिन्तामा छन् । यता एग्रोभेटका सञ्चालक भने धानको बिउ गुणस्तरहिन नभएर मौसम र माटो मलिलो नभएको बताउछन् । उनले कम समयमा हुने राधाचार धान भन्दा १० दिन पछि हुने बताए । तर, राधाचार धान अहिले फुट्ने समयनै भएको छैन ।

    बिउ ल्याएर किसानलाई विक्री गरेको एग्रोभेटले यूरीयामलको अभावका कारण समय नभइ धान फुट्एको बताउँदै किसानहरुले यूरीया मल हालेर पनि उत्पादन नभएमा कम्पानीले क्षेतिपुर्ति तिर्ने बताएको छ । भारतको गुजरातमा बनेको धानलाई एग्रोभेटका सञ्चालकले नेपालको विरगन्जमा प्रासोधन गरेको भनेका छन् । तर धानको ठैलामा धान विरगन्जमा प्रशोधन भएको भन्ने प्रमाण छैन । यसबाटै प्रष्ट हुन्छ की एग्रोभेट सञ्चालकले किसानहरुलाई ठगी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित