FLASH NEWS
- Loading...
गुल्मीका कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

गुल्मी जिल्लाको मालिका गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । आर्थिक बर्ष २०७६÷७७ मा किसानहरूले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको मालिका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिकाका १ सय २४ जनालाई मिलीजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थामार्फत १६ लाख ३४ हजार रुपैयाँ अनुदान वितरण गरिएको हो । न्यूनतम १०० किलोग्राम (जिउँदो) खसीबोकाको मासु सहकारीमार्फत बिक्री गरेका कृषकलाई गाउँपालिकाले प्रतिकेजी १०० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । यस्तै, लोकल कुखुरा न्यूनतम ५० किलो जोखेर बिक्री गरेका किसानलाई प्रतिकिलो १०० रूपैँयाका दरले अनुदान दिइएको छ । यस वर्ष उत्पादनमा आधारित अनुदानका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
