FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बन्दाबन्दीका कारण तरकरी बिक्री नहुँदा किसान चिन्तामा

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    बन्दाबन्दीका कारण तरकरी बिक्री नहुँदा किसान चिन्तामा

    बन्दा बन्दीले लाखौँ क्षेती ब्याहोरेका किसान विस्तारै कृर्षि पेशामा फर्कन थालेपनि चिन्ता भने कायमै छ । लकडाउनका कारण खद्यान्न लगायत माछा मासु, खुकुरा बिक्रि गर्न नसक्दा लाखौँ घाटा व्यहोरेका किसान फेरिपनि सोही अवस्था दोहोरीने हो कि भन्ने चिन्तामा छन् ।

    लकडाउनको प्रभावले कुनै क्षेत्र पनि अछुतो छैन । विशेषगरी सबभन्दा धेरै प्रभावित बनेको क्षेत्र हो कृषि । किसानहरुले उत्पादन गरेको खाद्यान्न खेतमै कुहिएको छ । भने कुखुरा खोरमै मरेका छन् । कुखुरा बिक्री नहुँदा खोरमै मर्ने अवस्था भएपछि जानकी गाँउपालिका ५ मा मुनका वर्माले १ हजार खुकुरा अट्ने खोरमा ६ सय मात्र बोइलर जातको खुकुरा हालेका छन् । बिक्री नहुने डरमा आधामात्र खुकुरा हालेको बताउँछिन् मुका बर्मा ।

    बन्दा बन्दीका कारणले खुकुरा खोरमै मर्न थालेपछि किसानहरुले आधा कम मूल्यमा बेच्न बाध्य छन् । अन्य समयमा २ सय २० रुपैयाँ प्रतिकेजीमा जीउँदो कुखुरा बेच्दै आएका किसानहरुले अहिले १ सय ७० रुपैयाँ पनि मुस्किलले पाउँछन् । लकडाउनका कारण कुखुरा समयमा बिक्री नहुँदा १ सय ८० हजार घाटा व्यहोर्न परेको कुखुरा पालक किसानको भनाई छ । महँगो मूल्यमा कुखुराको लागि आवश्यक आहारा किन्न नसके पछि कुखुरा मर्न थाले त्यसपछि सस्तो मूल्यमा बेचेको बताउँछन् अर्का किसान ।

    किसानहरुलाई अवश्यक पर्ने सामग्री लगायतका गाई भैसी खुकुराले खाने दानामा राहात नपाउँदा धेरै किसान कृषि पेशाबाट विस्थापित हुने देखिन्छ । सरकराले कृषि क्षेत्रमा ल्याएका विभिन्न योजनाबाट कृषि क्षेत्राम केही राहात मिल्छ कि भनेर व्यवसायिक कृषि पेशा अगाल्ने हरुको सँख्या बढ्दै गइरहेको अवस्थामा जिम्मेवारी निकायले नै वास्तिविक किसान पहिचना नगर्ने हो भने कृषि पेशबाट किसानहरु पलायन नहोलान भन्न सकिन्न । यसतर्फ सम्बन्धित निकायको ध्यान पु¥याउँने पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित