- Loading...
४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ । उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर, कालीमाटी र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो । बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएकोे काठमाडौं महानगरपालिका –१४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ । तरकारी बजारका केहि व्यक्तिमा पनि कोरोना देखिएपछि कालिमाटी तरकारी बजार भने पूर्ण रुपमा बन्द भएको छैन । यस्तै, वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी नै रहेको वडा कार्यालयले जनाएको छ ।


