FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गाइमा देखिएको नयाँ भाइरसका कारण प्रदेश एकका गाइपालन किसान मारमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    गाइमा देखिएको नयाँ भाइरसका कारण प्रदेश एकका गाइपालन किसान मारमा

    गाइमा देखिने लम्पिक्ङ स्किन डिजिज भाइरस रोगका कारण प्रदेश १ का गाइपालक किसान मारमा छन । सरकारले यसको रोकथामका लागि पहल गर्दे विभिन्न कार्यक्रमा गरेपनि प्रभावकारी हुन सकेको छैन् ।

    यी हुन मोरङ ग्रामथान गाउँपालिका वडा (६ कि कृष्णमाया खडका । कृषि पेशामै आत्म निर्भर रहेर जिवन धान्दै आएका उनी गाइपालन गरेर दुग्धबाट राम्रो आम्दानी लिन सकेपनि अहिले गाईमा देखि ने लम्किन स्किन भाइसका कारण निकै चिन्तित बनेकी छिन। दैनिक ३ वटा गाइबाट ४० लिटर दुग्ध हुँदै आएकोमा अहिले एउटा गाइमा यस्तो किसिमको रोग देखिन थालेपछी १३ लिटर दिने दुग्ध अहिले बाछो नै अघाउदैन भन्छन।

    गाइमा फोका फोका देखिने , ज्वरो आउने, मुख र नाकबाट र्याल आउने,बिफिरा निस्क्ने १०३ डिग्री देखि माथी सम्म ज्वरो आउने, पशुहरुले खाना नखाने लक्षण देखिन्छ्न। यो रोगबाट पिडित भएका सो ठाउँका पुवार कृषि फर्मका संचालक प्रेम खडकाले दुग्ध मात्रा घट्दै गएको भन्दै आफ्नो दुखेसो यसरी पोख्छ्न ।

    हरि बहादुर खडकाले १ लाख ३० हजारमा किनेको एउटा गाई १६ लिटर दुग्ध दिदै आएको अहिले २ लिटर दिदै छ। आफ्नो पीडा सुनाउदा सुन्दाउदै उनको आँखा रसाउदै राज्यले आफ्नो कुरा सुनिदिए हुन्थ्यो भने लाग्छ। बाइट हरि बहादुर खडका गाइपालन किसान ग्रामथान (६ मोरङ
    बिगत २ महिना अघि देखिएको रोगले पशुमा देखिएको रोगबाट किसान निकै मर्माहित छ भने ठुला फर्म जयपती कृषि फर्म संचालक यादव ढकाल भने यस रोगबाट निकै सचेत छन भने उनको फर्ममा समान्य लक्षण देख्ना साथ रोकथाममा विशेष ध्यान दिएको बताउछन ।

    उता भने पशुपंक्षी रोग अन्वेषण प्रयोगशला बिराटनगरका प्रमुख डा। संजय कुमार यादब भने पशुमा देखिएको महामारि रोगको लागि रोकथाम र न्यूनीकरण गर्न मोरङ्का पशु स्वास्थ्य शाखा बिभाग र स्थानिय तहमा विभिन्न पहल गरेको र यो भाइरसको न्यूनीकरण गर्न विभिन्न एण्टिबाइटिक दिएर उपचार हुने बताउछन।

    मानवमा सर्ने कोरोना भारस रोग जस्तै पशुमा भित्रिएको यो रोगले गर्दा अहिले निकै दुग्धको मात्रा घटाएपछि किसान पिडित छन। समयमै यसको रोग नियन्त्रण भएन भने बिकराल कृषि क्षेत्रमा बिकराल समस्या निम्तिन भन्न सकिन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित