
- Loading...
अर्धखाँचीमा मल अभाव
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

पाँचथरमा यस बर्ष ९० प्रतिशत धान रोपाईँ भएको छ । समयमै मनसुन सुरु भएपछि यसवर्ष किसानलाई धान रोप्न सहज भएको हो । नौ हजार २ सय ३ हेक्टर क्षेत्रफल धान खेतियोग्य जमिन रहेको जिल्लामा ८ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । पाँचथरका कृषकले बर्खे र चैते गरी दुई सिजनमा धान खेती गर्दै आएका छन् । किसानले चैते धानको तुलनामा वर्खे धानको खेती बढि गर्ने गरेका छन् । यस्तै अर्घाखाँचीको अधिकाम्स भुभागमा धान रोपाईँ भएता पनि रसायनिक मलको भने अभाव भएको छ । धान बालिमा मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका छन् । लकडाउनको बेला भारतबाट चाहिने भन्दा निकै कम मल आएकाले जिल्लाको बजारमा रसायनिक मलको अभाव रहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । हाल जिल्लालाई करिब १ सय ५० मेट्रिक टन मल तत्कालको लागि आवश्यक रहेको केन्द्रले जनाएको छ ।


