FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याउ उत्पादन ५० प्रतिशत घट्ने अनुमान

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    स्याउ उत्पादन ५० प्रतिशत घट्ने अनुमान

    गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । यसबर्ष स्याउ कम फलेपछि उत्पादन घट््ने अनुमान गरिएको हो । वर्षभरि दुःख गरेर पनि स्याउ नफल्दा परिवार कसरी पाल्ने भन्ने चिन्तामा किसान छन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् ।स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन । यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदिए पछी किसान थप चिन्तामा छन् । गत वर्ष जिल्लामा स्याउबाटै ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । पाँच वर्ष अघिदेखि स्याउको बीमा सुरु भए पनि जिल्लाभर एक हजार २ सय ४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बीमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित