FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भरतपुर लकडाउन

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    भरतपुर लकडाउन

    चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएसँगै जनजीवन प्रभावित भएको छ ।

    भरतपुरमा निषेधाज्ञा जारी भएसँगै उद्योग, कलकारखाना, बजार र यातायात न्यून सञ्चालनमा छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

    निषेधाज्ञा जारी भएसँगै राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

    आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो । भरतपुर महानगरमा गएको चार दिनमा ३० भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित