FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि विकास बैंकको नाफा घट्यो

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    कृषि विकास बैंकको नाफा घट्यो

    कृषि विकास बैंकले आर्थिक वर्ष २०७६÷७७ को अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरणअनुसार बैंकले २०७६÷७७ मा २ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत कम हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गएको वर्ष बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ऋण परिचालन गरेको छ । बैंकले खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत न्यून अर्थात् ६ अर्ब २३ करोड रुपयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन मुनाफा पनि १६ प्रतिशतले घटेको छ । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । २ दशमलब ७१ प्रतिशत खराब कर्जा भएको बैंकको कर्जा निक्षेप अनुपात ६६ प्रतिशत रहेको छ भने ९ दशमलब २६ प्रतिशत आधार ब्याजदर छ। ब्याजको स्प्रेडदर भने ४ दशमलब ४४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ३२ दशमलब ८८ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४२ दशमलब ८८ रुपैयाँ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित