FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि जोन र ब्लक कार्यक्रममा हुनेखानेकै हालिमुहाली

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    कृषि जोन र ब्लक कार्यक्रममा हुनेखानेकै हालिमुहाली

    सरकारले किसानका लागि भनेर धेरै क्षेत्रमा अनुदान उपलब्ध गराउने गरेको छ । अझ त्यसमा पनि सरकारले त वर्षेनी किसान लक्षित यस्ता र उस्ता कार्यक्रम भनेर निकै प्रचारप्रसार समेत गर्ने गर्छ । प्रधानमंत्री आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न जिल्लामा कृषि जोन र ब्लक कार्यक्रम संचालनमा छन् । तर अफसोच ! सो अनुदान टाठाबाठाले नै हात पार्छन । किसान भने संधै जस्ताको त्यस्तै । हात लागि शून्य ।

    सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कृषि जोन क्षेत्र भित्र पर्दछ । जहाँ माछा पालन ब्यबसाय मात्रै होइन सुर्यमुखि ब्लक कार्यक्रम समेत संचालनमा आएको छ ।


    सरकारले यस क्षेत्रकमा किसानका लागि प्रशस्तै अनुदान कार्यक्रम ल्याएको छ । खेतीपाती देखि कृषिका हरेकजसो क्षेत्रमा कृषि कर्म गर्ने नाममा राज्यले दिने अनुदान भने कृषि ज्ञान केन्द्र मार्फत दिदै आएको छ ।तर, त्यही अनुदानको विषयमा यतिबेला अनियमितता र पावरको दुरुपयोग हुन भएपछी विवादमा तानिएको छ । सो भेगका किसानहरुले राज्यले जोन र ब्लकका नाममा दिदै आएको अनुदान आफुहरुले वर्षौ देखि नपाएको गुनासो गरेका छन् ।


    टाठाबाठाले व्यक्तिगत प्रयोजनमा राज्यको अनुदान दुरुपयोग गर्ने गरेको भन्दै यतिबेला सो भेगका किसानहरुको धैर्यताको बाँध फुटेकोे छ । अहिले अनुदान पाउने आशमा धान फल्ने खेतमा माछा पालन गरेकोमा सयौं किसानहरु आफुले पाउने अनुदान अरुले नै कुमल्याउने गरेकाले दुखेसो पोखछां।प्रधानमंत्री आधुनिकीकरण परियोजना अन्र्तगतको माछा जोन केवल पहुँचवाल र हुनेखानेकालागि मात्र सीमित बनेको किसानहरुको आरोप छ ।

    माछा जोन मात्रै नभएर गत आर्थिक वर्षदेखि संचालनमा रहेको सुर्यमुखि ब्लक कार्यक्रममा समेत व्यक्तिवाद हावी भएको किसानहरुको आरोप छ । उक्त कार्यक्रमका नाममा कृषि ज्ञान केन्द्र इनरुवाबाट गएको आर्थिक वर्षमा ३५ लाख अनुदान गएको देखिन्छ । तर सो अनुदान भने वास्तविक किसानले सदुपयोग गर्नै नपाएको बताउँछन् ।यसमा चरम दुरुपयोग र अनियमिता भएको गुनासो छ । स्वयं वडा अध्यक्ष दिपक बहादुर लिम्बु समेत के कती कार्यक्रम वडामा आए, गए भन्ने विषय आफुलाई समेत जानकारीमा नभएको बताउछन। उनले समेत सरकारी अनुदानमा मिलेमतो र घोटालाको आशंका गरेका छन् ।

    चकित पार्ने कुरो त के छ भने,अनुदान भने धरधरा कृषि सहकारीका नाममा प्राप्त हुने गरेको छ । तर, सहकारीका नाममा प्राप्त अनुदान के कती आए र सरसामग्री कहाँ छन् । स्वयं धरहरा सहकारीलाई नै थाहा छैन् । सहकारीका सचिव प्रेम नारायण अधिकारी ब्लक संचालक समेत हुन् । जसलाई धरहरा सहकारीले अनुदान भित्र्याउने जिम्मा त दियो तर ज्ञान केन्द्रबाट प्राप्त अनुदान वापतको ट्याक्टर, पावर ट्रिलर, स्प्रे टंकी जस्ता सामाग्री सहकारीमै पुगेन् । किसानहरुले अनुदानको विषय पारदर्शी गरिनु पर्ने भन्दै विरोध जनाएपछि सहकारी संस्थाले समेत अब भने उक्त विषय छानविनको दायरामा ल्याउने बताएको छ ।

    जोन र ब्लक कार्यक्रमको विषय छानविन हुनुपर्ने अडान लिएका किसानहरुले किर्ते र झुटो विवरण भरी अनुदान कुमल्याउदै आफुखुशी गर्ने उपर कार्वाहीको माग समेत गरेका छन् । जोन र ब्लक कार्यक्रमलाई केही व्यक्तिले पेवा बनाउँदै आर्थिक उपार्जनको माध्यम बनाउँदै आएको प्रति किसानको चरम आक्रोस देखिएको छ । उनीहरुले कृषि ज्ञान केन्द्रको समेत मिलेमतोको आशंका गरेका छन् । उता कृषि ज्ञान केन्द्र इनरुवाले भने किसानहरुले लगाएको आरोपमा सत्यता नभएको प्रष्ट्याएको छ । उसले जोन र ब्लक कार्यक्रम छानविन भने गर्ने जनाएको छ ।

    किसानहरुले भने जोन र ब्लक कार्यक्रम उपरको दुरुपयोगमा संलग्नलाई कार्वाही नगरिए सम्म दबाब मूलक कार्यक्रम जारी राख्ने बताएका छन् । यसरि बास्तबिक किसानले अनुदान नपाउदा ब्यक्ति बादी नाताबादी राजनैतिक हिसाबले अनियमिता गर्ने हो भने कहिले कृषि क्षेत्रको बिकास गर्ने।किसानको मनोबल गिर्न दिनुहुदैन। सरकारले सुक्षम अध्ययन गरेर सत्य तथ्य छानबिन गर्नु पर्छ र दोषीलाई कानुनि दायरामा नल्याए सम्म नुनिकरण हुन् सक्दैन। सबन्धित निकायको ध्यान जावोस।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित