FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाख्रापालन बाट धनकुटाका किसान मनग्य आम्दानी लिदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    बाख्रापालन बाट धनकुटाका किसान मनग्य आम्दानी लिदै

    धनकुटाका किसानहरु बाख्रा पालन व्यवासायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । बाहिरी मुलुकबाट समेत विभिन्न उन्नत जातका बाख्रा झिकाएर व्यवसायमा जुटेका हुन् ।

    धनकुटा महालक्ष्मी ७ का दिपेन्द्र चौहान, सवैले बाख्रा साहु भनेर बोलाउछन् । दिपेन्द्र भन्दा बाख्रा साहुको नाममा बढि परिचित छन् उनी । व्यवासायीक रुपमा १५ वर्षदेखि निरन्तर बाख्रा पालन व्यवसाय गर्दै आइरहेका छन् दिपेन्द्रले । उनको दैनिक दिनचर्या बाख्रा गोठालो बस्दैमा वित्छ । बाख्रा पालन व्यवसाय गरेरै आत्मनिर्भर छन् उनी । बाउबाजे देखि नै बाख्रा पालन गर्दै आएपनि त्यसैलाई निरन्तरता दिदै दिपेन्द्रले व्यवसाय नै सुरु गरेका हुन् । निरन्तरको व्यवासाय भएर होला । दिपेन्द्रलाई यो व्यवासाय खुवै फापेका छन् । विगतका अनुभवले नै यो व्यवसाय रोजेको उनी बताउछन् ।

    दिपेन्द्रले जाल्पादेवि बाख्रा फार्मको नाममा बाख्रा व्यवसाय गर्दै आइरहेका छन् । उनको फार्ममा विभिन्न प्रजातिका खसी, बोका र बाख्राहरु छन् । जमुना पारी,खएर, बयर र स्थानीय जातका खरि बाख्राहरु उनको फार्ममा पाइन्छ । ति मध्ये बयर जातका बाख्रा भने अष्ट्रेलियाबाट झिकाएका हुन । बयर जातका बाख्राहरु चाडो बढ्ने भएकाले मासु उत्पादनका लागि एकदमै उत्तम मानिन्छ । यो जातका खसी, बोका चार महिना मै २५ देखि ३० किलोसम्म बढ्नेभएपछि छोटो समयमा धेरै आम्दानी लिन सकिन्छ । अन्य जातको बाख्राको मासुमा भन्दा बयर जातको मासु बढि स्वादिलो हुन्छ । हरेक हिसावमा यसबाट फाइदा पुग्ने भएपछि यसलाई अझ बढि उत्पादन गर्ने लक्ष्य रहेको दिपेन्द्रले जानकारी दिए ।

    आफ्नै मेहेनतमा रमाइरहेका दिपेन्द्र दिनभरी बाख्रासंगै रमाउछन् । १५ लाख खर्चेर बनाएको उनको बाख्रा खोरमा थरीथरीका बाख्राहरु छन् । ति मध्ये विउका लागि अष्ट्रेलियाबाट दुइ लाख चालिस हजार खर्चेर मगाएको बयर जातको बोका पनि छ । दिपेन्द्र यति सम्म अनुभवि भएसकेका छन् की कुन प्रजातिका बाख्रासँग क्रस गर्दा त्यसको सन्तान चाडो बृद्धि विकास हुन्छ भन्ने उसलाई राम्रैसँग थाहा छ । स्थानीय जमुना पारी जातको बाख्रामा पनि बयर जात क्रश गराउँदा राम्रो हुने उनी सुनाउछन् । बयर जातको बाख्रा छोटो समयमा नै बढ्ने भएपछि दानापानी पनि यसले बढि नै खाने गर्छ । स्थानीय खरी जातको बाख्रामा क्रश गर्दा त्यति फाइदा नभएको उनको अनुभव छ । बयर जातको एउटै खसिबोकाबाट चार महिनाको अन्तरालमै ३० देखि ४० हजारसम्म आम्दानी लिन सकिन्छ ।

    दिपेन्द्रको फार्ममा अहिले ७० को हाराहारीका सानाठुला बाख्राहरु छन् । बाख्राले जुनसुकै खानेकुरा र घासपात खानेभएपछि व्यवसायीक रुपमा यसको पालन गर्न खासै समस्या छैन । बाख्रालाई जुका, नाम्ले र खोरेतको भ्याक्सीन समय समयमा मिलाएर लगाएपछि सहजै यसबाट फाइदा लिन सकिने चौहान बताउछन् । उनले यहि व्यवासायबाट मनग्य आम्दानी लिइरहेका छन् । यहि पेसाबाट उनको स–परिवार खुसी छन् । वार्षीक १४ देखि १५ लाखसम्म आम्दानी हुनेभएपछि यो पेसा उनको लागि झनै आकर्षणको विन्दु बनेको छ । उनको मेहेनत देखेर अहिले छरछिमेकीहरु पनि बाख्रा पालन व्यवसायमा जुटेका छन् ।

    पैसा कमाउन भनेर विदेश जाने युवाहरु देखेर दिपेन्द्रलाई वाक्क लाग्छ । आफ्नै देशमा मेहेनतका साथ डटेर लागे मज्जाले कमाउन सकिन्छ उनी बताउछन् । यद्यपी एकचोटि घाटा हुँदा नै मेरो शर्वेशर्वा सक्यो भनेर पन्छीए केहि पनि गर्न नसक्ने उनको भनाइ छ । त्यसैले परिवारसँग रमाउँदै नेपालमा केहि गर्न सकिन्छ भन्ने उदाहरण बनेको दिपेन्द्र ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित