
- Loading...
बाँकेमा मल अभाव, उत्पादन घट्ने चिन्तामा किसान
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

बाँकेका किसानहरुलाई यूरीया मलको अभाव भएर सकस भोग्नु परिरहेको छ । धान रोपाई गर्ने बेलामा डिएपि मल नपएर दुख पएका थिए भने अहिले त्यही धानमा छर्नको लागि यूरीया मल नपएर सकस भाग्नु परिरहेको हो । नेपालमा मल नपए पछि किसानहरु चर्को मल्य तिरेर भारतबाट ल्यार पनि धानमा मल छर्न बध्य भएका छन् ।

नेपाल कृर्षि प्रदान देश । यहाँ ७० प्रंतिशत भन्दा धेरै मानिसहरु कृर्षि पेशामा आवद्ध छन् । तर विडम्बना ७० प्रतिशत जनता आर्सित रहेको कृषि पेशमा किसानहरुलाई केही पनि सहुलीयत छैन । कृषिमा त्राmन्ति ल्याउने भन्दै विभिन्न किसिमका योजना तथा अनुदानका कार्यक्रमहरु सञ्चालन नभएका होइनन तर त्यसको प्रभावकारीता शून्य छ । अहिले धानको सिजन किसानहरुले सहज रुपमा मल पाउन सकेका छैनन् । मल खरिदको जिम्मा पाएको कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट्रेडिङ कार्पौरेसनले समयमा पल उपलब्ध नगराउँदा किसानहरुले धानमा यूरियाम मल छर्न पाएका छैनन् । यो समस्या बाँकेमा मात्र नभइ देशभरको अवस्था उस्तै छ । समयमा मल राख्न नपाउँदा धान उत्पादनमा कमी आउने सम्भावना देखिन थालेको छ । मल खरिदको जिम्मा पाएका निकायमा मल उपलब्ध नहुँदा किसानहरु मलको खोजीको लागि दिनरात भारत धाइ रहेका छन् ।
उत्पादन राम्रो हुन्छ कि भने आशले १ हजार पर्ने भारती मल १७ सय ५० रुपैँया तिरेर ल्याएको बताउँछन् किसान सहिजाद अलि । उनले अर्काको खेत बटैयामा लिएर २ विगहा जमिनमा खेती गरेका छन् । कृर्षि समाग्री कम्पनी लिमिटेडमा मल नपाए पछि चर्को मुल्य तिरेर भारतबाठ मल आयात गर्नुपरेको उनी बताउँछन् ।
अहिले नेपालगन्ज शाखामा डिएपि र पोटास मल रहेका छ । भने डिएपि मल २ सय उननब्बे मेट्रिक टनमा १ सय २३ मेट्रिक टन बिक्रि भैसकको छ । ५८ मेट्रिक टन पोटास मल छ । यूरीया मल केन्द्री कार्यालय काठमाण्डौमा समेत नरहेकोले उपलब्ध हुने सम्भावना कम रहेका कृर्षि कम्पनी लिसिमटेड बाँके शाखाका प्रमुख रमेश पौडेलले बताउनु भयो ।
किसानहरुलाई मल उपलब्ध गराउन नसक्ने बन्दा बन्दी त बहाना मात्र हो । किसानहरुले छिमेकी मुलुक भारतबाट आफैले मल नल्याइ कुनै बर्ष पनि उनीहरुको खेतमा उत्पादन भएको छैन । हरेक बर्ष कृर्षि समाग्री कम्पनी लिमिटेडले समयमै किसानहरुलाई मल उपलब्ध गराउन सकेको छैन । किनकि लिमिटेडले सहाकारी सस्था मर्फात मल बिक्रि वितरण गर्दै आएको साथै बिक्रि मुल्य भन्दा बढी मुल्यमा बिक्री गर्दै आएको छ । आखिर मल अभावको समस्या कहिले सम्म झेल्ने किसानहरुले ?

