- Loading...
बाँकेका किसान बाख्रा पालन बाट बार्षिक लाखौं आम्दानी गर्न सफल
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको


बाख्रा पालन गरेर बर्षिक लखौँ अम्दानी गर्न सफल भएका बाँकेका तुल बहादुर कँदेलले नौ जनालाई रोजगारी पनि दिएका छन् । शुरुमा ५ ओटा बख्राबाट शुरु भएको उनको व्यवसायामा अहिले २ सय भन्दा बढी बाख्रा छन् ।

कृर्षि कर्म गरेर केहि अम्दानी र घर खर्च चलाउने सोले तुलबहादुर कँदेले २०७३ सालमा बाख्रा फर्म दर्ता गरका थिए । राम्रो र ठुलो फर्म गर्न सके सरकारबाट केहि सहुलियत तथा हनुदान पाइन्छ कि भनेर अरुको जस्तै उनको मनमा पनि लागेको थियो । उनले शुरुमा २५ लाखबाट सञ्चालन गरेको फर्ममा विस्तारै लगानी बढाउँदै अहिले २ करोड ५० लाख पुगेको छ । उनले बख्राका साथै ४० वटा र २८ विगहा जमिनमा घाँस खेती पनि गरेका छन् । तर, उनलाई आजसम्म अनुदान त परै जाओस सरोकार वाला निकायबाट आनुगमन समेत नभएको गुनासो गर्छन ।
उनको फर्ममा ९ जना कामदार छन् । उनले ९ जना कामदारहरुलाई बस्नको लागि बास समेत दिएका छन् । लकडाउन भन्दा अघि ४ सय बाख्रा रहेको उनको फर्मममा अहिले २ सय ५० ओटा मत्रा छन् । साहुले बाख्रा खोरको हेरचह गर्ने कामदारलाई समयमै ज्याला दिएका छन् ।
सरकारले कृर्षि कर्म गर्नेहरुको लागि बिभिन्न किसिमको अनुदानको योजना तथा बैंक व्याजको छुट ल्याए पनि किसानहरु माझ भने पुग्न सकेको छैन । तुल बहादुर त अनुदान नपाएका एउटा पात्र मात्र हुन यिनि जस्ता कैयौँ युवा तथा कृर्षि कर्म गर्ने किसानहरुले अनुदान पाएका छैनन् ।
सरकारले ल्याएको कृषि कार्यक्रम तथा अनुदाना आसेपासेलाई मात्र पोस्ने प्रबृत्तिले गर्दा धेरै किसानहरु कृर्षि पेशाबाट पलायन भएका छन् । अखिर कहिले अन्त हुन्छ त सरकारको आफ्नत्व पन ?

