- Loading...
कमाउ धन्दामा लाग्दा किसान मर्कामा, म्याद गुज्रिएको भ्याक्सिन दिदाँ कुखुरा मर्न थाले
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


मोरङ बुढीगंगा गाउँपालिका – ७ मदनपुरको एक इट्टा उधोगको क्यान्टिन संचालन गर्दै आएकी सिखा साहले लकडाउनमा उधोग बन्द हुदा जिविका चलाउनकै लागि उधोगको जग्गा लिजमा लिएर १ हजार चल्ला हालिन । त १९ औ दिनमा म्याद गुज्रिएको गम्बारो लाइभ भ्याक्सिन दिदाँ कुखुरा मर्न थालेका छन् ।

मोरङ बुढीगंगा गाउँपालिका ( ७ मदनपुरको एक इट्टा उधोगमा क्यान्टिन संचालन गर्दै आएकी थिईन । लकडाउनमा उधोग बन्द हुदा उनी जिविका चलाउनकै लागि उधोगको जग्गा लिजमा लिएर १ हजार चल्ला हालिन। ४ लाख ऋण लिएर आम्दानी राम्रो गर्छु भन्ने सपना त बोकिन नभन्दै १९ औ दिनमा म्याद गुज्रिएको गम्बारो लाइभ भ्याक्सिन दिदाँ भोलि पल्ट देखि कुखुरा मर्दै जान थालेपछि निकै चिन्तित बनिन।
अनुपमा भेट्स इटहरीबाट ल्याएको म्याद गुज्रिएको भ्याक्सिन दीइएको देखिन्छ। अहिले ६ सय जति कुखुरा मरि सकेको छ। औषधि समेत फिर्ता नलिई यसरी चरम बदमासी गरेको उनको आरोप छ।
अनुपमा भेट फर्माबाट औषधि तथा खोप लिएर फार्मका कुखुरामा खोप लगाएका फर्माका कर्मचारी पशु स्वास्थ्य प्राविधिक सञ्जय पराजुलीले नै आफूले म्याद नाघेको औषधि र खोप कुखुरालाई प्रयोग गरेको स्वीकार गरेका छन् ।
दिनहुँ यसरी कुखुरा मर्न थालेपछि इनरुवाको पशु बिज्ञको पुगिन र त्या पशु स्वास्थ्य चिकित्सकले औसधिको अधिक प्रयोग गरेका कारण मरेको पिडित साहले सुनाईन ।
म्याद गुज्रिएको औसधी र नेपालमै दर्ता नभएको एमकोल डब्लु एसपी ( एमोक्ससीलिन कोलिस्टिन ) औसाधि बिक्रि बितरण गर्दासबन्धित निकायले कस्तो कारबाही गर्ने। अर्को तर्फभने भेटनरी संचालकले पिडित संग सहमति भैसकेको र ल्याबमा परिक्षण भएको बताउछन ।
तर म्याद गुज्रिएको औसधनि बेच्न पाइदैन भन्ने थाहा हुदा हुदै यसरि गरिएको लापरबाहीले उपभोक्ता पनि सचेत उनुपर्छ अर्को तर्फ भने यस्ता औसधि बिक्रि गरेर कामाउ धन्दामा लाग्दा आज किसान पिडितमा छ। ऋण काडेर गरेको कृषि कर्ममा किसानको पिडा कसले बुझने समबन्धित निकायको ध्यान जावोस।

