- Loading...
बाँकेका किसानले उत्पादन गरेका तरकारीले बजार नपाउँदा खेतमै कुहिन थाल्यो
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


लकडाउनका कारण किसानहरुले उत्पादन गरेका तरकारी र खाद्यान्न बजार सम्म लैजान सकेका छैनन् । उत्पादित तरकारी बजारमा लान नपाउँदा खेतमै कुहिन थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जैसपुरका बाली विकास कृषक समुहका किसानहरुले उत्पादन गरेको कम्तिमा २ सय क्वाईन्टल बन्द गोभी बिक्रि नभएपछि खेतमै कुहिन थालेको छ । लकडाउनका कारणले बिक्रि गर्नका लागी छिमेकी पालिका खजुरा गाँउपालिका मा बिक्रि गर्नका लागी लगेपछि वडा नं. १ का वडा अध्यक्षले फर्काइ दिएको किसान मुनिर अहिमदले बताउनु भयो । उनले १० विगहा जामिनमा २० लाख वरावरको बन्द गोभी उत्पादन गरेको तर लकडाउनको कारणले लगानी र पासिना खेतमै कुहिएको बताउनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जैसपुरका बाली विकास कृषक समुहले २० विगहा जमिनमा तरकारी खेती गरेका छन् तर लकडाउनको कारणले केही पनि तरकारी बिक्रि गर्न नसकेको मोहदिन कबाडियाले बताउनु भयो । उनको अनुसार २० विगहा जमिन मध्य १० विगहामा बन्द गोभी र १० विगहा जमिनमा अन्य तरकारी खेती गरेको बताउनु भयो ।
त्यस्तै जैसपुरकै कृषि अभियन्ताका रुपमा रहेका किसान असलम राईले उत्पादन गरेको कम्तिमा ३० लाख बाराबरको बन्द गोभी लकडाउनका कारण बिक्रि नभएपछि खेतमै कुहिन थालेको बताउनु भयो । अरु बर्ष भन्दा यो बर्ष राम्रो उत्पादन भएपनि लाभ लिन नसको बताउनु भयो । सरकारले क्षेतीपुर्ती नदिए हरेक किसानलाई दैनि ज्याला दारी काम दिएपनि गर्ने नत्र कृषि पेशा छोडेर भारतको तरकारी नेपालमा बिक्रि गर्ने समेत बताउनु भयो ।
किसानहरुको अनुसार जैसपुरमा मात्रै ३ हजार क्वाइन्टल भन्दा बडी बन्द गोभी उत्पादन भएकोछ । उनीहरुले जमिन भाडामा लिएर तरकारी खेती गरी रहेका छन् । भाडामा खेती गरेपनि राम्रै लाभ लिई रहेका थिए । यो बर्ष भने उनीहरु माथि बज्रापात नै भएको छ । उनहिरुले प्रति कट्ठा मासिक ३ हजारका दरले जमिनको भाँडा तिररे खेती गरी रहेका छन् ।

