FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले आइतबार मल वितरण गर्ने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    धान रोपेको करिब एक महिना पछि किसानले युरिया मल छर्न पाउने भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको युरिया मल विराटनगर आइपुगेको छ । ३० मेट्रिक टन युरिया मल विराटनगर भन्सार कार्यालय भएर विराटनगर आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले जनाएको छ । पूर्व क्षेत्रका लागि साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ५ हजार ६ सय मेट्रिक टन युरिया मल मध्ये ३० मेट्रिक टन शुक्रवार आएको र ८ सय मेट्रिक टन बाटोमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले बताएको छ । छिटो भन्दा छिटो मल ल्याउनका लागि कलकत्ताबाट ट्रकमा ल्याउन थालेको र कलकत्ताबाट हिडेको ८ दिन भईसकेको कर्पोरेशनले जनाएको छ । विराटनगर आईपुगेको मल आइतवार देखि सम्बन्धित सहकारीहरु मार्फत वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले जनाएको छ । लकडाउनका कारण कलकत्ताबाट मल आउन ढिलाई भएको हो । धान रोपेको १५ दिनपछि युरिया मल छर्नुपर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित