FLASH NEWS
- Loading...
बारामा भारतबाट ल्याइदै गरेको ४० बोरा मल बरामद
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


बारामा स्थानीय प्रशासनले मल बरामद गरेको छ । भारतबाट ल्याइदै गरेको रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको हो । अनुगनको क्रममा तस्करी गरीएको पाइएको हो । बाराको सिम्रौनगढ गाउँपालिका अन्तर्गतका ४ वटा सिमा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ४० बोरा रासायनिक मल बरामद गरीएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा पनि खुल्ला सीमानामा मानिसहरुले ओहोर दोहोर गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा गएको थियो ।।


प्रतिक्रिया दिनुहोस
