- Loading...
इलाममा हरियो चियापत्तीको अबैध निकासी बढ्यो
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको


इलाममा अबैध रुपमा भारततर्फ हरियो चियापत्ती निकास भएको पाइएको छ । पछिल्लो समय चियाको अबैध निकासी बढेको हो । दैनिक १५ देखि २० हजार किलो हरियो चियापत्ति निकासी हँुदै आएको छ । केही महीनाअघि चियाको लागत मूल्यसमेत नउठ्ने गरी उद्योगीले हरियो चियाको मूल्य दिएको भन्दै किसान आन्दोलनमा उत्रिएका थिए । तर, अहिले किसानले आन्दोलन गरेका छैनन् । स्थानीय स्तरका चिया उद्योगीले चियाको उचित मूल्य नदिँदा किसानले हरियो चियापत्ती भारत निकासी गर्न थालेका हुन् । अबैध रुपमा भारततर्फ हरियो चियापति निकासी हुँदा नगरभित्रका उद्योग संकटमा पर्न थालेका छन् । चिया किसानले रातारात विभिन्न माध्यमबाट भारततर्फ चिया लगेको उद्योगीहरुले बताएका छन् । भारतीय सीमामा पर्ने सूर्योदय नगरपालिकाबाट खुला सीमा रहेको दार्जिलिङ सहज रूपमा जान सकिन्छ । त्यही बाटोबाट पछिल्लो समय हरियो चियापत्ती निकासी भइरहेको छ । चियाको विषय लिएर त्यहाँ सधँै उद्योगी, किसान र श्रमिकबीच ‘शीतयुद्ध’ चलिरहन्छ ।


