
- Loading...
आँधीखोला गाउँपालिकाद्धारा कृषकले उत्पादन गरेका आलुृ खरिद
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको


स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरेको छ । गाउँपालिकाले ३३ जना कृषकलाई करिब २ लाख रुपैयाँ वितरण गरेको हो ।

लकडाउनका कारण आलुको बजारीकरणमा समस्या नहोस् भन्दै स्याङजाको आँधीखोला गाउँपालिकाले कृषकहरूले उत्पादन गरेको आलु खरिद गरेको छ । गाउँपालिकाले बारीबाटै प्रति के जी ५५ रुपैयाँ मा ३ हजार ६ सय ४० के जी आलु खरिद गरेको हो । कृषकहरूको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु संकलन गरी गाउँपालिकाले नै कृषि एम्बुलेन्स मार्फत विक्री गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले आलु संकलन सुरु गरे पछि व्यावसायिक कृषकहरूले राहतको महसुस गरेका छन् । कृषकको बारीमा फलेको आलुलाई उपभोक्ताको घर घरमा लगेर सहुलियत दरमा उपलब्ध गराउन थाले पछि उपभोक्ताहरू ले पंचमुलको आलु घरमै पाउन थालेका छन् । कृषकले उत्पादन गरेको आलु बेच्न समस्या भएको र उपभोक्ताले सहज मूल्यमा आलु नपाएको अवस्थामा अहिले गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पुगेको छ ।
गाउँपालिकाको ५सय ५ अनुदान र कृषि ज्ञान केन्द्रको ५ सय ५ अनुदानमा ४५ क्विन्टल कार्डिनल नामको आलुको बीउ कृषकहरूलाई वितरण गरि कृषि प्राविधिकहरूको रोहबरमा आलु रोपिएको थियो । यसैवीच व्यावसायिक कृषि गर्न चाहने कृषकहरूको लागि कृषि उपकरण , बीउविजन , प्राविधिक सहयोग मात्रै होइन उचित मूल्य सहितको बजारीकरणको जिम्मा आँधीखोला गाउँपालिकाले लिने छ ।
गाउँपालिकाको सो कार्यले कृषिले उत्पादन गरेका आलु बिक्री नभएर खेत बारीमै कुहिने समस्याको समाधान भएको छ । साथै, बिचौलीयाहरुले कम मूल्य दिने जस्ता समस्याहरू पनि समाधान हुनुका साथै किसानहरुले श्रमको उचित मूल्य पाउने छन् ।

