FLASH NEWS
- Loading...
असिना पानीले अन्नबालीमा क्षति
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको


दुई दिनदेखि परेको असिना पानीका कारण डोल्पा जिल्लामा कृषकहरुले लगाएको अन्नबालीमा क्ष्ाित पुगेको छ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका कृषकले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गाउँपालिकाको वडा नं एकदेखि चारसम्म कृषकले लगाएको गहुँ, उवा, फापर लगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको छ । वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि त्यहाँका किसानहरुमा भोकमरीको सम्भावना बढेको छ । यस बर्ष यार्सागुम्बा पनि टिप्न नपाएको र अन्नबाली पनि असिना पानीले सखाप पारेपछि किसान थप चिन्तामा छन् । दुई दिनदेखि लगातार परेको असिना पानीका कारण सङ्घ, प्रदेश र स्थानीय सरकारद्वारा निर्मित पर्यटन तथा ग्रामीण सडक, पुलपुलेसा र सिँचाइ कुलोमा क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
