- Loading...
खर्चिलो भएका कारण अर्गानिक बन्दैनन चिया उद्योग
- कृषि टि.भी.
- ३ साल अघि
- २२ पटक पढिएको


नेपाली अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च छ । माग अनुसार नै यतिबेला उद्योगि,व्यवसायी नेपाली चियालाई प्राङ्गारिक बनाउन लागिपरेका छन् । पछिलो समय रासायनिक मलको अभाव हुनुको साथै किसान–उद्योगी आफैँ सचेत बन्दा चिया प्राङ्गारिक बनाउने क्रम बढेको हो । तर, प्राङ्गारिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगीहरुको गुनासो छ । प्राङ्गारिक प्रमाणपत्र लिन खर्च धेरै लाग्नु, अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनु पर्ने तथा उद्योगको सबै तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ । लामो प्रक्रिया र खर्चिलो भएकाले धेरै उद्योगिले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन् । चियाको प्रमाणीकरणमा जान चाहे पनि कतिपय उद्योगीले खर्चकै कारण सकेका छैनन ्। इलाम जिल्लामा १०० भन्दा बढी चिया उद्योग भएता पनि हालसम्म १४ उद्योग मात्र प्रमाणीकरण भएका छन् ।।


