FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपन बढ्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपन बढ्दै

    म्याग्दीको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको छ । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन थालेको छ । माटो परीक्षण नगरी रासायनिक मलको जथाभावी र गोबर मलको घढ्दो प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको हो । उत्पादन बढी लिन र प्रयोग गर्न पनि सजिलो हुने भएकाले किसानले रासायनिक मलको प्रयोग अत्यधिक गर्छन् । जसले गर्दा माटोको ऊर्वरशक्तिमा ह्रास भई उत्पादनमा कमी आउँछ । जथाभावी रुपमा रासायनिक मलको प्रयोगले अन्न तथा फलफूलको पौष्टिक तत्व समेत हराउँछ । पहिला पहिला खेतबारीबाट बढी उत्पादन लिनका लागि गोठे मल तथा प्राङ्गारिक मलको प्रयोग हुन्थ्यो । तर हिजोआज किसानले गाईभैँसी पाल्न छोडेपछि गोठे मलको प्रयोग कम भएको छ । अहिले गोठे मलको विकल्पमा रासायनिक ( मलको प्रयोग बढ्न थालेपछि माटोमा अम्लीयपन बढ्नु र त्यसको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परेको कृषि प्राविधिकहरुको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित