FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • केराले बजार नपाउँदा चरालाई आहारा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३५ पटक पढिएको
    केराले बजार नपाउँदा चरालाई आहारा

    पछिलो समय चितवनमा उत्पादित केराले बजार पाएका छैनन् । लकडाउनका कारण केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । बजारमा माग घट्नु साथै कोरोनाका कारण किसानले उत्पादन गरेका केरा बजार सम्म लैजान नसक्दा चराको आहारा बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तामा छन् । यस वर्ष केराको उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ । निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो । यस बर्ष समयमा पानी परेका कारण केराको उत्पादन राम्रो छ । तर बजार छैन् । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । चितवनमा उत्पादन भएको केरा बाहिरी बजारमा निर्यात नभएपछि नारायणढको बजारमा थुप्रिएको छ । यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ । चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित