FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लुकाइ राखेको जडिबुटीसहित लमजुङबाट एक महिला पक्राउ

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३० पटक पढिएको
    लुकाइ राखेको जडिबुटीसहित लमजुङबाट एक महिला पक्राउ

    बेसिशहर नगरपालिकाबाट अवैध रुपमा लुकाइ राखेको जडिबुटीसहित प्रहरीले एक महिलालाई आइतबार पक्राउ गरेको छ । बेसिशहर नगरपालिका–७ बस्ने ३८ वर्षीया सिद्धिमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    तामाङको घरबाट प्रहरीले चार सय ७६ दशमलब १ केजी डालिङ, एक सय ५४ केजी वन लसुन, २४ दशमलब ६ केजी कुड्की, १४ दशमलब९ केजी जटामसी, १८ दशमलब ३ केजी सुगन्धवाल, ४ दशमलब ४ केजी सतुवा र २ दशमलब ८ केजी वन आलु बरामद गरेको छ । अवैध रूपमा जडिबुटी संकलन गरी लुकाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    तामाङलाई बरामद जडिबुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित