FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनका कारण व्यवसायिक घाँसखेती गर्ने किसान समस्यामा, करोडौं घाटा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    लकडाउनका कारण व्यवसायिक घाँसखेती गर्ने किसान समस्यामा, करोडौं घाटा

    कोरोना भाइरस रोकथाम गर्न लगाइएको बिभिन चरणको लकडाउन र निषेधाज्ञाका कारण व्यवासायीक घाँसखेती गर्ने किसानहरुले समयमा घाँस बिक्रि गर्न नसक्दा करोडौँको घाटा व्यहोर्न बाध्य भएका छन् । गाइ भैसी पालन गर्ने कृषकहरुले पनि दाना र घाँस नपाँउदा दैनिक दुध उत्पादनमा समेत कमि आएको छ । १००
    करिब २८ विगाहा जमिनमा घाँसखेति गरेका छन् तुलबहादुर कँदेलले । उनी घाँस बिक्री गरेर राम्रो आम्दानी पनि गरिरहेका थिए । तर कोरोना भाइरस रोकथाम गर्न लगाइएको बिभिन चरणको लकडाउन र निषेधाज्ञाका कारण उनीसँग अहिले चार करोड मुल्य बराबरको घाँस स्टक छ । घाँस स्टक रहनुको मुख्य कारण पशुपालक किसानहरुले घाँस खरिद नगरिदिनु हो।कोरोना महामारीका कारण बन्दाबन्दीले घाँस विक्री नभएपछि बर्खे घाँस त्यसै कुहिएर गएको छ ।कोरोनालाले घाँसमात्र कुहिएर गएको छैन, किसानको मन त कुडिएको छ नै । करोडौंको व्यवसायबाट ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।

    पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै मनिषहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ ।मानिसलाई जस्तै पशुलाई पनि पौष्टिक आहारा आवश्यक पर्छ र त्यसका लागि मुख्य स्रोत घाँस नै हो । हरियो घाँसमा प्रोटिन, खनिज, भिटामिन जस्ता पौष्टिक तत्व प्रशस्त मात्रामा पाइने गर्छ । यसैको परिपूर्ति गर्र्न कँदेलले विभिन्न प्रजातिका व्यवसायीक घाँस खेति गर्दै आइरहेका छन् । डाले घाँस, पालम, मुलासो, कुम्वा, सतेरीया र सुपर–नेपियार जातका बहुवर्षीय घाँसहरु बन्दाबन्दीका कारण बिक्रि नहुँदा फर्ममै कुहिएर जान थालेको हो । छोटो समयमा विक्रि गर्नुपर्ने घासँहरु बारी मै कुहिन थाले पछि उनी चिन्तित बनेका छन् । घाँसखेति बाटै वार्षीक करौडौँको कारोबार गर्ने कदेलले एक जिल्लाबाट अर्को जिल्लामा समेत निर्यात गर्ने गर्छन । घाँसको व्यवसायीक खेतिका लागि अत्यन्तै सझिलो र सहज छ । दर्जनौ प्रजातिका घाँसहरु विक्रिका लागि कँदेललाई त्यति समस्या नभएको उनको भनाइ छ । एउटै किसानले एक पटकमा एकदेखि डेड लाखसम्मको घाँस खरिद गर्ने गरेको उनले सुनाए ।

    कँदेलको फर्ममा १० जना कर्मचारीहरु पनि छन् । आफ्नै गाउँठाउँकालाई रोजगारी समेत सिर्जना गरेका उनी अहिले आफै घाँस विक्रि नभएपछि तनाव छन् । बाँके लगाएतका आसपासका जिल्लाहरुमा कँदेलले उत्पादन गरेका घाँस नै निर्यात हुने गर्छन । तर, बन्दावन्दीले यत घाँस कुहिएर गइरहेको छ, भने, उता बर्दियाका कृषकहरु घाँस अभाव मै गाइ भैसी पालिरहेका छन् । बन्दावन्दीले सवारी साधानहरु सञ्चालन नभएपछि त्यहाँका किसानहरु समस्यामा छन् । गाइ भैँसीलाई विहान बेलुका दिनका लागि घाँस नहुँदा दुध उत्पादनमा समेत कमी आएको बर्दियाका किसानको गुनासो छ । बर्दियाका किसानहरु अहिले मंहगो मुल्य तिरेर दानाको भरमा पशुपालन गर्न किसान बाध्य छन् ।

    कोरोना महामारीले तिव्र रुप लिएपछि बाँके, वर्दिया लगाएतका जिल्लाहरुमा अहिले पनि निषेधाज्ञा जारी छ । जसका कारण मानिसहरु आवतजावत समेत ठप्प छ । सिमानाकाहरु पनि शिल गरिएको छ । किसान उत्पादन गरेका तरकारी बालिहरुले समेत बजार नपाउँदा किसान समस्यामा छन् । सरकारले छिटो भन्दा छिटो व्यवसायीक घास खेती गर्ने किसानको समस्या बुज्न जरुरी छ। यसकालागि कृषकहरुलाई उन्नत बीउ, औजार, खेती प्रविधि लगायत विभिन्नकुरामा अनुदान दिइ निराश भएका किसानको उत्साह बडाउन ढिलो गर्नु हुदैन। पशुआहार जस्तो संबेदनसिल घास खेती गर्ने किसान यस पेशाबाट विस्तापित हुन नपरोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित