FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गृहमन्त्री थापाको चर्को आलोचना

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    गृहमन्त्री थापाको चर्को आलोचना

    गृहमन्त्री रामबहादुर थापा यतिबेला सामाजिक सञ्जालमा चौतर्फी आलोचनाको सिकार भएका छन् । गत शुक्रबार अछामको रामरोशन गाउँपालिकामा किसानले लगाएको धानबालि नै सखाप हुनेगरि कार्यक्रम गरेपछि गृहमन्त्री थापा आलोचनाको सिकार भएका हुन् ।

    नेपालीमा उखान छनी ‘‘कहि नभएको जात्रा हाँडि गाउँमा’’ यो दृष्य हेर्नुहोस त । तस्वीर आफै बोल्छ । यो तस्वीरमा माइक समाएर बोल्दै गरेको अरु कोहि पनि हैन, दुइ तिहाइ कम्युनिष्ट सरकारको गृहमन्त्री रामबहादुर थापा हुन् । त्यसैपनि नेपाल कृषी प्रदान देश । यहाँका ६५ प्रतिशत जनसंख्या कृषिमै आधारित छन् । तर, विडम्वना हिजो सर्वहारा जनताको नेता हुँ भन्दै हिडेका त्यहि देशका भिविआइपी भनौदाहरुको चालामाला हुर्नुहोस् त ।

    यो तस्वीर अछाम जिल्ला रामरोशन गाउँपालिकाको हो । जहाँ केहिदिन अघि बाढिले ठुलो जनधनको क्षती गर्यो । बाढि पहिरो निरिक्षणका लागि भन्दै शुक्रबार गृहमन्त्री थापा आफ्नो दलबल सहित हेलिकप्टर मार्फत अछाम हानिए । उनको दलबलमा पूर्व गृहमन्त्री तथा सोहि क्षेत्रका सांसद भिम रावल र उद्योग मन्त्री लेखराज भट्ट पनि सहभागी थिए । विपत्तिको बेलामा जिम्मेवार निकाय सहभागी बन्नु स्वागत योग्य कुरा हो । तर, हाम्रा मन्त्री सवार हेलिकप्टर बाढिले बचेका धानबालि माथि नै ल्याण्ड भयो । अंह हाम्रो भिविआइपीहरुलाई यति मात्रैले पुगेनन्, किसानको धानबालि माथि नै स्टेज बनाएर भाषण गर्न समेत भ्याए । कि ठुला भनौदाहरुले जे गर्दापनि हुन्छ ? कस्तो अचम्म ‘‘बाघको छालामा स्यालको रजाँइ’’ यी यो तस्वीर हर्नुहोस त फेरी एक चोटि । मन्त्री ज्यू, पिडितलाइ ठुला ठुला भाषण हैन, राहत बाडेको खण्डमा पिडाको घाउमा मलहम सावित हुन्छ ।

    गृहमन्त्री ज्यु, किसानले लगाएका त्यो धानको महत्व कति छ भन्ने कुराको अलिकति पनि हेक्का भएनन् हगि । हुनत सर्वहारा वर्गका मन्त्री ज्यूले चरेशको थालमा खाने बासमति र मार्सी चामल किसानले कति दुःख गरेर फलाउछन् कुर्सीमा पुगेपछि सायद सवै भूलेको हुनुपर्छ । बाढिबाट जोगिएको धानखेत पनि गृहमन्त्रीको जम्वो टोलीले सखाप पारेपछि किसान हेरेको हेरै भए । सोहि कारण गृहमन्त्री अहिले सामाजिक सञ्जाल भरी आलोचनाको सिकार भएका छन् । कृषि क्रान्ती मार्फत देशको मुहार फेर्ने सरकारको कति राम्रो नारा, नाराको खेतिले मात्र देशको मुहार फेर्ने भए, नेपाल आज दक्षिण कोरिया, चिन र जापन भन्दा कम हुने थिएन कामरेड । त्यसैले कृषि क्रान्ति नारामा होइन व्यवहारमा लागु हुनुपर्यो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित